Jaishideval Youth Club 31st annual Celebration 

जैशिदेवल युथ क्लव द्वारा निःशुल्क आखाँ शिविर कार्यक्रम, बाल चित्रकला प्रतियोगिता तथा इन्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता आयोजना गर्दै आफ्नो ३१औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ । ३१औं वार्षिक उत्सवको समापन कार्यक्रम माननीय सामाजिक विकास मन्त्री श्री हरि प्रभा खड्गी श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा आयोजना गरिएको छ । कार्यक्रममा प्रदेश सभासद माननीय नुरज बज्राचार्यज्यू, प्रदेश सभासद माननीय शैलेन्द्र मान बज्राचार्यज्यू, विभिन्न वडाका वडा अध्यक्षज्यूहरु, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष श्री केशव पुरीज्यू, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका पदाधिकारी एवं कार्य समिति सदस्यज्यूहरु, विभिन्न संघ संस्थाबाट प्रतिनिधीत्व जनाउनु हुने अतिथीज्यू, क्लवका पदाधिकारी, कार्यकारिणी समिति सदस्य, पूर्व सल्लाहकार तथा सदस्यहरुको गरिमामय उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी माननीय सामाजिक विकास मन्त्री श्री हरि प्रभा खड्गी श्रेष्ठज्यू तथा अतिथिज्यूहरुबाट ३१औं वार्षिक उत्सवको विभिन्न कार्यक्रममा सहयोग दाताहरु तथा बाल चित्रकला प्रतियोगीताहरुमा तथा इन्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगितामा विजयी भाई बहिनीहरुलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नु भएको छ ।

Leave a Comment